काठमाडौं, २४ चैत ।
चैत २४ गते आइतबार २९ औं जनआन्दोलन दिवस। २०४६ को जनआन्दोलनको बलमा ३० बर्से निर्दलीय पञ्चायती शासकलाई घुँडा टेकाएको दिनकाे सम्झना गरिदैछ । चैत २४ राजनीतिक परिवर्तनका लागि अर्को महत्वपूर्ण दिन पनि मानिन्छ। ०४६ को जनआन्दोलन मात्र होइन, ०६२÷६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो।
दोस्रो जनआन्दोलनको सुरुवात पनि दलहरूले ०६२ चैत २४ मा नै थालेका थिए। त्यसले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्यो। ०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो। लौह पुरुष गणेशमान सिंह नेतृत्वको अहिंसात्मक आन्दोलन थियो त्यो। शान्तिपूर्ण सत्याग्रही आन्दोलनबाटै शासकलाई घुँडा टेकाउन सकिने महत्वपूर्ण नजिर स्थापित भएको थियो।
आज जनआन्दोलन दिवसकै दिन नेकपा (क्रान्तिकारी माओवादी) ले वर्तमान संसदीय व्यवस्था जनघात र राष्ट्रघातको बाटोमा उद्धत् रहेको भन्दै आन्दोलन उठानको दिनको रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउदैछ ।
जनआन्दोलन दिवसको अवसर पारेर आज दिउँस काठमाडौंमा क्रान्तिकारी माओवादीले संघर्षको संयुक्त मोर्चाका रुपमा अघि सारेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलनको समेत उद्घाटन गर्ने तयारी गरेको छ ।
क्रान्तिकारी माओवादीको संयुक्त संघर्षको मोर्चा (देजमो) को आयोजनामा आज बिहान ११ः३० बजेबाट राजधानीका विभिन्न सात वटा स्थानहरुबाट एकै साथ वर्तमान व्यवस्थाको विकल्प सहित विभिन्न नारा, जुलुस सहित विशाल र्यालि प्रदर्शन गर्ने योजना बनाएको छ ।
उक्त कार्यक्रमका विषय देजमोका सचिवालय सदस्य तथा कार्यालय सचिव हरीकृष्ण गजुरेलले हरपल नेपालसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन । आज बिहान शक्ति प्रदर्शन गरिने र दिउँन मोर्चाको प्रथम सम्मेलनको उद्घाटन गरीने भएको छ ।
नेता गजुरेलका अनुसार जनआन्दोलन दिवस र मोर्चाको सम्मेलनलाई भव्य रुपमा सफल पार्नका लागि देशका सबै जिल्लाहरुबाट नेता, कार्यकर्ता, आम नागरिकका साथैं सम्मेलनका तोकिएका प्रतिनिधि र प्रवेक्षकहरु राजधानीको लागि प्रास्थान गरिसकेका छन ।
नेता गजुरेलले सातै स्थानबाट आउँने र्यालीहरु शहीद गेट र सुन्धाराबाट एउँटैमा मिसीने र सडक परिक्रममा गरेर शान्तिवाटिका अगाडिबाट भृकुटीमण्डपतर्फ अघि बढ्ने बताए ।
उनले शक्ति प्रदर्शन तथा र्यालीको कार्यक्रम लगत्तै भृकुटीमण्डपमा मोर्चाको पहिलो राष्ट्रिय सम्मेलनको भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
उक्त सम्मेलनमा विभिन्न जिल्लाबाट तोकिएका सयौं प्रतिनिधि प्रवेक्षकका साथै र्यालीमा उपत्यकका बाहिर र स्थानीय गरी लाखौंको सहभागिता हुने अनुमान गरीएको छ ।
उक्त सम्मेलनको उद्घाटन दिउँस १ बजे क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले गर्ने भएका छन ।
देजमोको सम्मेलन दिउँस उद्घाटन हुने र त्यस लगत्तै साँझबाटै बन्दशत्र शुरु गरिने बताइएको छ ।
मोर्चाको सम्मेलनको बन्दशत्र भने पुरानोबानेश्वर गर्ने तय भएको छ । त्यसेगरी मोर्चाले सम्मेलनको मञ्चबाटै मुलुकमा पुन अर्को आन्दोलनको आन्दोलनको उद्घोष गर्ने बुझिएको छ ।
मोर्चाका नेताहरुका अनुसार वर्तमान व्यवस्था र सरकार दलाल, सामन्त र पूजिँपति वर्गको सेवामा जुटिरहेको भन्दै मञ्चबाट नेताहरुले सर्वहारा वर्गिय जनतको अधिकारको लागि जनगणतन्त्रको दिशामा संघर्ष बढाउँन आवश्यकता औल्याउँदै त्यसका लागि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने छन ।
मोर्चाले संसदीय व्यवस्थाको खारेजिका लागि सडक आन्दोलनको विकल्प अघि सारेको छ । उसले पहिलो चरणमा सडक आन्दोलन र त्यसपछि क्रमश आम हड्तालदेखि त्यो भन्दा माथिका कार्यक्रमहरु समेत गर्ने तयारी गरेको बुझिएको छ ।
नेता गजुरेलले सम्मेलनले क्रान्ति, आन्दोलनमा नयाँ जीवन दिने विश्वास व्यक्त गरें । उनले आम उत्पीडित जनताको हक, अधिकार सुनिश्चितताको लागि मार्चाले अग्रणी भूमिका खेल्ने, जुझारु, गतिशिल नेतृत्व निर्वाचित गर्ने बताए ।
उनले सम्मेलनमा मुलुकको वर्तमान परिस्थिति, नागरिकका समस्या र त्यसको विकल्प, संगठनको अवस्था, संगठनको नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा व्यापक छलफल गर्दै नयाँ कमिटी निर्वाचित गर्ने दिशामा अघि बढ्ने बताए ।
सम्मेलन मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको सभापतित्व र पार्टी महासचिव बैद्यको प्रमुख आतिथ्यताम सम्पन्न हुनेछ । मोर्चाको सम्मेलन २६ गतेसम्म सकिने बताइएको छ ।