काठमाडौं, २२ चैत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थाइ समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित सयौं नेता कार्यकतालाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
बिभिन्न मितिमा देशभरबाट गिरफ्तार अधिकाशं नेताहरु अहिलेपनि हिरासतमै रहेका छन् । हालसम्म गिरफ्तार उच्च नेतामा भने सदर्शन नै हुन् । यस्तै पार्टी पोलिटब्युरो सदस्य तथा जबस ईन्चार्ज मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्य वसन्त श्रेष्ठ, केन्द्रीय सदस्य बन्धु चन्द पनि प्रहरी हिरासतमै रहेका छन् ।
नेता सुदर्शनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले ९ गते बिहान काठमाडौं आउदै गर्दा काभ्रेको खानीखोला गापा(३ स्थित डाँडा गाउँबाट पक्राउ गरेको थियो ।
सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ(प्रज्वलन), रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्का पक्राउ परेका थिए । उनीहरुको साथबाट बा १७ च ४८९३ नं को स्कारपियो गाडीपनि नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका ९ जनामध्ये नेता सुदर्शनलाई महानगरीय प्रहरी परिसर, जावलाखेलमा राखिएको छ । यस्तै पार्टी केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज वसन्त श्रेष्ठलाई महानगरिय प्रहरी वृत्त चापागाउँ, शंकर अधिकारीलाई महानगरीय प्रहरी बृत्त सातदोबाटो, सञ्जिव कार्कीलाई महानगरिय प्रहरी प्रभाग सानेपामा राखिएको छ । यसैगरी देव घिमिरेलाई महानगरिय प्रहरी बृत्त चापागाउँ र लोकेन्द्र खड्कालाई प्रहरी प्रभाव जावलाखेलमा राखिएको जनाईएको छ । यस्तै नेकपाका विकास महर्जन महानगरीय प्रहरी प्रभाग सातदोवाटोमा र बुद्धबहादुर सिंङताङ भैसेपार्टी स्थित प्रहरी हिरासतमा छन् ।
यसअघि काभ्रबाटै पक्राउ परेका नुम बहादुर विश्वकर्मा र राजिव तामाङलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जमा राखिएको बताईएको छ । शिव धिमाल र विशाल तामाङलाई ललितपुरमै राखिएको जनाईएको छ ।
यसलाई हेर्दा पनि पछिल्लो समय भने प्रहरीले पक्राउ परेका नेताहरुलाई एकै मितिमा, एकै स्थानबाट पक्राउ गरेपनि छुट्टाछुट्टै प्रहरी हिरासतमा राख्ने गरेको देखिन्छ ।
यसैगरी चैत १ गते राति गिरफ्तार पार्टी पीवीएम मोहन कार्की जीवन्तलाई महानगरीय प्रहरी परीसर, टेकु मा राखिएको छ भने फागुन १४ गते फक्राउ परेको सूर्य भुजेललाई पनि टेकुमा नै राखिएको छ । जीवन्तलाई राजद्रोहको मुद्धा लगाईएको छ । उनी ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका बेला पक्राउ परेका थिए ।
उता अछामबाट गिरफ्तार परेकी पार्टी केन्द्रीय सदस्य बन्दु चन्द पनि अझै प्रहरी हिरासतमा नै छिन् ।
यस्तै पूर्वको मोरङबाट चैत १० गते पक्राउ परेका कोशी व्युरो संयोजक द्दनश्याम श्रेष्ठ (पुस्कर) र व्युरो सदस्य माधव गौतमलाई ईलाका प्रहरी कार्यलय ईटहरीमा राखिएछ भने चैत १३ गते गिरफ्तार मोरङ ईन्चार्ज कृष्णकुमार श्रेष्ठलाई ईलाका प्रहरी कार्यलय लौकहिमा राखिएको छ यस्तै चैत १२ गते गिरफ्तार रमेश खड्कालाई जिल्ला प्रहरी कार्यलय ईनरुवा, सुनसरीमा राखिएको छ । चारैजना मोरङबाट पक्राउ परेका भए पनी मोरङ प्रहरीले अड्डा सार गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएको थियो ।
यस्तै धरानको पानमाराबाट एक महिना अघि धनकुटा मोरङका संयुक्त जिल्ला ईन्चार्ज देवकुमार लिम्बु (संगित)लाई ईलाका प्रहरी कार्यलय धरानमा राखिएको छ । लिम्बु सहित त्यसपछि पक्राउ परेका पाँचै जनालाई प्रहरीले हाहतियार खरखजना ऐन अन्र्तगत मुद्दा चलाएको छ ।
पक्राउ परेका पाँचैविरुद्ध प्रहरीले हातहतियार खरखजना तथा संगठित अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।
उता नेकपाका नेताहरुले भने आफुहरुलाई हातहतियार खरखजना ऐन अन्र्तगत झुठो मुद्दा चलाउन खोजिएको बताए । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएका नेकपाका कोसी ब्युरो संयोजक श्रेष्ठले प्रहरीले आफ्ना कार्यकर्ता्विरुद्ध झुटा मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिएको कारण नै अस्पताल आउनु परेको गुनासो गरे।
पक्राउ परेका अर्का सदस्य माधव गौतमले प्रहरीले आफूलाई मोरङको कानेपोखरीबाट पक्राउ गरेको भए पनी धरानमा ल्याएर झुटा मुद्दा लगाएको बताए। यस्तै अर्का नेता प्रज्वलले पनि मोरङमा पक्राउ गरी झुठा मुद्धामा फसाउनकै कागी सुनसरी पुर्याईएको बताए । उनले हातहतियार तथा खरखजनासम्बन्धि मुद्धामा आफुलाई फसाउन खोजेको बताए ।
यद्धपि मोरङका रमेश खड्का भने नेकपाको कुनै पार्टी कमिटिमा आबद्ध नभएको सो पार्टीले बताएको छ । उनी सामान्य निर्माण मजदुर रहेको बताईएको छ ।
सुनसरी प्रहरीले भने विप्लव कार्यकर्ता सांगठनिक अपराधमा हतियारसहित संलग्न भएको प्रमाणका आधारमा पक्राउ मुद्दा चलाएको बताएको छ । अहिलेसम्म देशभरबाट झण्डै तीन सय बढी नेता कार्यकर्ता पक्राउ परीसकेका छन् ।