हिमाल आरोहणबाटअहिलेसम्म २५ करोड बढी रोयल्टी प्राप्तः पर्यटन विभाग

हिमाल आरोहणबाटअहिलेसम्म २५ करोड बढी रोयल्टी प्राप्तः पर्यटन विभाग

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौं, चैत २३ । यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट अहिलेसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रुपैयाँ ‘रोयल्टी’ जम्मा भएको पर्यटन विभागले जनाएको छ । ४६ आरोही समूहका आरोहीबाट उक्त राेयल्टी जम्म भएकाे हाे ।

४६ समूहबाट यो वर्ष १९३ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन् । यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाटमात्रै २३ करोड ९२ लाख ५७५ रुपैयाँ रोयल्टी उठेको छ ।

सगरमाथा आरोहणका लागि १९ आरोही समूह त्यसतर्फ गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।

कन्चनजंघा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई/दुई समूहले अनुमति पाएका छन् ।

विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाकाअनुसार आरोही आउनेक्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ ।

सन् २०१८ को यही मौसम वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह थिए ।

सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल १३ सयभन्दा बढी रहेको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी