सुनसरी, २२ चैत ।
सुनसरीमा प्रहरीको गोली लागेर एक जना घाईते भएका छन् ।
भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान जाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन्।
नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई जाँच गर्ने क्रममा विवाद हुँदा घटनाले उग्र रूप लिएपछि केहीबेर स्थानीय र प्रहरीबीच झडपसमेत भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ। गस्ती प्रहरीसँगको झडमा परी सइ चन्द्रकुमार शाक्यलाई गोली लागेको सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताएका छन् तर स्थानीयले भने प्रहरीले चलाएको गोली लागि स्थानीय जियाउल मन्सुरी घाइते भएका छन्। हातमा गोली लागेका उनको उपचारका लागि विराटनगर लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline