नेकपाद्धारा कालो झण्डा र व्यानर प्रदर्शन, २४ गते देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने

नेकपाद्धारा कालो झण्डा र व्यानर प्रदर्शन, २४ गते देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौं, २२ चैत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर कालो झण्डा प्रदर्शन गरेको छ । सरकारको प्रतिबन्धको बाबजुत नेकपाले आज सबै स्थानीय तहमा कालोझण्डा प्रदर्शन गरेको हो ।
पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार आज आ–आफ्नो अनुकुलतामा देशभर नेकपाका नेता कार्यकर्ताले कालो झण्डा प्रदर्शन गर्दै बिभिन्न स्थानमा कालो टाँगेका छन् ।
यसैक्रममा नेकपा कैलालीले धनगढी उपमहानगरपालिकाको मोतिचोक र बुद्ध चोक, फुलबारीमा कालो झन्डा र व्यानर टासेको छ ।
जिल्लाको त्येक नगरपालीका र गाउँपालिकामा झण्डा प्रदर्शन गरेको सो पार्टीले जनाएके छ ।
पार्टीका नेता कार्यकर्ताको गिरफ्तार र पार्टीमाथि लगाईएको प्रतिबन्धको बिरोधमा नेकपाका महासचिव विप्लवले चैत ११ गते बिज्ञप्ती निकालेर नेपाल बन्द सहित २४ गते सम्मको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।
नेकपाले चैत १६ गते आह्वान गरिएको नेपाल बन्द भने नेपाल बार एसोसिएसन र एसईई परिक्षा परेपछि बारको आग्रहका कारण स्थगित गरेको थियो ।
घोषित कार्यक्रम अनुसार भोली पनि कालो झण्डा प्रदर्शन र २४ गते देशव्यापि जनप्रदर्शन र जनसभाको आयोजना गर्नेछ ।

तस्बिरः सुभास जाेशी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ