२२ चैत, काठमाडौं । नेपाली सेनाले पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई कारबाही गरेको छ ।
सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोप लगाउदै उनीहरुलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो ।
उनीहरुलाई शुक्रबार सचेत गराइएको र पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ छ । बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषय र विप्लव नेकपामाथिको प्रतिबन्धको बिषयलाईस लिएर आलोचना गरेका थिए । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको खरो आलोचना गरको भन्दै कार्वाहि गरिएको हो ।
बानियाँले एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका थिए, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’
विधयेकले ‘खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत’ राखेको उनको टिप्पणी थियो ।
उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाको पक्षमा पनि खुलेरै टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ ?’ नेकपामाथिको प्रतिबन्ध पनि सहि नभएके टिप्पडी उनीहरुले गरेका थिए ।
बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गरेको टिप्पणी गरेका थिए ।
सेना परिचालनपनि हचुवाको भरमा गर्नु नहुने उनको तर्क थियो ।