दाङ, २२ चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्ता र संवादको माध्यमबाट निकास खोज्नुको साटो झनै चिढ्याएर मुलुकलाई अशान्तिको बाटोमा धकेल्ने प्रयास सरकारले गरेको बताएका छन् ।
उनले नेकपालाई चिढ्याएर सरकारले मुलुकमा असुरक्षाको वातावरण सिर्जना गर्न थालेको बताएका हुन् ।
कांग्रेसले विप्लव नेकपालाई संरक्षण गरेको भन्ने प्रधानमन्त्रीको भनाइतर्फ इंगित गर्दै देउवाले आफुहरुले वार्ताका माध्यमबाट समाधान खोजौं भनेको तर त्यसको गलत अर्थ लगाउन थालिएको बताए ।
नेपाल प्रेस युनियन दाङले वुधबार लमहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारले एक वर्षको अवधिमा जनताको हितका पक्षमा कुनै काम गर्न नसकेको दाबी पनि गरे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline