काठमाडाैं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगलाई पुनःस्थापना गरिने तर चल्न नसक्ने अवस्थाका उद्योगलाई बन्द गरिने बताएका छन् । बिहीबार राजधानीमा राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् ।
नेपाल सरकारका सबै तह परिचालन नभईकन मुलुकले स्पष्ट रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले प्रदेश र स्थानीयतहलाई निष्क्रिय र निश्प्रभावी बनाइयो भन्ने कुरा गलत भएको टिप्पणी गरे। राज्य संरचना पहिलाको भन्दा अलि खर्चालु भएको भन्दै प्रधानमन्त्री ओलीले खर्चमा मितव्ययीता अपनाउनुपर्नेमा जोड दिए।
बैठकले तय गरेका योजनाहरु परिवर्तित सन्दर्भमा, विशेष परिस्थितिमा, मुलुकको अवस्था, स्थिति, पहिचान, परिचय बदल्ने योजना भएको भन्दै उनले यसले आगामी आर्थिक बर्षको बार्षिक योजना र बजेटलाई पनि प्रभावित गर्ने बताए। बैठकका निर्णयलाई छिटै अन्तिम रुप दिन सके सोही अनुसार आर्थिक बर्षको सुरु देखि नै विकासका कार्यक्रमहरु बनाउन सजिलो हुने भन्दै उनले यथाशक्य छिटो योजनालाई अन्तिम रुप दिन आग्रह समेत गरे। जनताको जीवनस्तरको परिर्वतन, पुर्वाधार विकासको क्षेत्रमा गरिबि हटाउने काम १५ औ योजनाको अघिल्लो चरणमा नै भईसक्ने दाबी ओलीले गरे।
पञ्चबर्षिय योजनाले ५ बर्ष भित्र सबै क्षेत्रका गरिबीलाई समाप्त पारी समग्र राष्ट्रिय उत्पादनमा कम्तिमा ५० प्रतिशतले बृद्धि गरेको हुनुपर्ने तर्क प्रधानमन्त्रीले गरे। आगामी २५ बर्ष भित्र सबैको जीवनमा परिर्वतन ल्याउने सर्वोत्कृष्ट प्रणाली स्थापित गरी समग्र समृद्धि हासिल गरेको अवस्थामा मुलुकलाई पुर्याउने गरि बैठकले योजना बनाएको दाबी प्रधानमन्त्रीको थियो। अन्तिम रुप दिएर पारित गर्नेछ।