बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ , महासचिवमा लीलामणि पौडेल विजयी

बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ , महासचिवमा लीलामणि पौडेल विजयी

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

२१ चैत, काठमाडौं ।
कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् ।

बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले तीन हजार ८७३ मत प्राप्त गरे ।

महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई पराजित गर्दै पौडेल महासचिवमा निर्वाचित भएका हुन् ।

पौडेलले चार हजार १७८ मत प्राप्त गरे । पराजित थापामगरले तीन हजार ७०१ मत पाए ।

पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ ।

नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ