सर्वोच्चको न्यायाधीशमा सिफारिश पाँच जनाविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान

सर्वोच्चको न्यायाधीशमा सिफारिश पाँच जनाविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, २१ चैत ।
सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिश गरिएका पाँच जनाविरुद्ध सार्वजनिक उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।

समितिको आज बसेको बैठकले सर्वोच्च अदालतमा न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिश गरेको पाँच जनाबिरुद्ध कुनै उजुरी वा गुनासो भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक आह्वान गरेको हो । यही चैत १८ गते बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्मालाई सिफारिश गरेको थियो ।

उजुरी आह्वानसँगै सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिश भएकाहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । परिषदले सर्वोच्चमा पाँच जना न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो ।

परिषदले राजनीतिक प्रभाव, नातागोता र विभिन्न कालखण्डमा खराब आचरण गरेको अभियोग लागेकालाईसमेत नियुक्तिको सिफारिश गरेको भन्दै निर्णयको आलोचना भएको छ । नेपाल बारका पूर्व अध्यक्षहरुले त त्यस्ता न्यायाधीशको इजलाश नै बहिष्कार गर्न आह्वान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ