मेची पुलको छेउमै भारतले बनाएको ‘माइल’ स्तम्भ नेपाली पक्षले भत्कायो

मेची पुलको छेउमै भारतले बनाएको ‘माइल’ स्तम्भ नेपाली पक्षले भत्कायो

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

भद्रपुर, चैत २१ ।
नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा आज बिहान भत्काइएको छ ।
मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।
मेची पुल बनाउँदै आएको ठेकेदारले नेपाली पक्षलाई जानकारी नै नदिई सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति जनाएलगत्तै आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाएका हुन् ।
स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् ।

                                                             भारतीयले बनाएकाे सिमास्तम्भ ।

                               भारतीय पक्षाले बनाएकाे स्तम्भ भत्काउदै ।

 

तस्बिरः गणेश कुमार खरेल ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ