कुनै हालतमा विशेष महाधिवेशन बोलाउदिनः देउवा

कुनै हालतमा विशेष महाधिवेशन बोलाउदिनः देउवा

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

विराटनगर, २१ चैत ।
पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विशेष महाधिवेशन बोलाउने पक्षमा नरहेको प्रष्ठ पारेका छन् ।
विराटनगर विमानस्थलमा बिहीबारसंचारकर्मीसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशन नबोलाउने तर असन्तुष्ट जिल्ला सभापतिको निर्णय सामना गर्न भने तयार रहेको तयार रहेको बताए ।
महाधिवेशनको सुझाव विपरित पार्टीको केन्द्रीय समितिले विधान परिमार्जन गरेको भन्दै जिल्ला सभापति असन्तुष्ट छन् भने काठमाडौंमा ५१ जिल्लाका सभापतिको भेला आयोजना गरिएको छ ।
गुटगत भेलामा सभापतिविरुद्ध मोर्चाबन्दी भएको जानकारी पाएपनि त्यसका लागि आफू तयार रहेको देउवाको भनाइ थियो ।
गत फागुन १३ को केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा पार्टीको विधान परिमार्जन गर्ने निर्णय गरेको थियो । महासमिति बैठकको सुझावविपरित भएको भन्दै उक्त निर्णय तत्काल सच्याउन जिल्ला सभापतिले माग गरेका छन् ।
पछिल्लो समय काठमाडौंमा भेला भएका जिल्ला सभापतीइतर देउवा गुटका रहेका छन्। अर्को प्रशंगमा देउवाले संवैधानिक निकायको नियुक्तिप्रति असन्तुष्टी जनाएका छन् । उनले सरकारले जनताको अपेक्षा अनुसार नभइ मनोमानी ढंगले काम गरेको आरोप लगाए ।
देउवाले सरकारका गलत कार्यको विरोध गनर आवश्यता परे आन्दोलन गर्न तयार रहेको समेत बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ