विप्लव नेकपाका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन गिरफ्तार

विप्लव नेकपाका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन गिरफ्तार

  • बुधबार, चैत्र २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

सर्गम श्रेष्ठ (सुमन)/झापा, २० चैत ।
नेपाल कम्युनिस्ट पाटिका मेची व्युरो सदस्य होम खतिवडा तथा इलाम जिल्ला सचिब दिपेनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आज बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।
उनीहरुलाई हालसम्म सार्वजनिक गरिएको छैन । उनीहरुलाई गैरन्यायीक रुपमा गिरफ्तार गरि वेपत्ता बनाएको भन्दै खोजी गरिदिन मानवअधिकारकर्मीसँग आग्रह गरेका छन् ।
उता इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले उक्त गिरफ्तारीको बिरोध गर्नुभएको छ । उहाँले बिना कारण जिल्ला सेक्रेटरी दिपेनलाई गिरफ्तार गरेको भन्दै आपत्ती समेत जनाउनु भएको हो । गिरफ्तार दुबै नेताहरुलाई तत्काल रिहा गर्न समेत उहाँले माग गर्नुभएको छ ।
नेकपाका नेता कार्यकर्ता गिरफ्तार गरेर क्रान्तिलाई कमजोर बनाउने सड्यन्त्र गरेको भन्दै त्यो सपना पुरा नहुने बताउनु भयो ।
भ्रष्ट तथा दलालहरुमाथिको कार्वाहि जारी रहने भन्दै उहाँले दमनले क्रान्तिकारीहरुमा थप उर्जा प्रदान गर्ने पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ