बार एसोसिएसनको निर्वाचनः अध्यक्षका प्रत्यासी श्रेष्ठ र पोखरेलबीच तीव्र प्रतिस्पर्धा

बार एसोसिएसनको निर्वाचनः अध्यक्षका प्रत्यासी श्रेष्ठ र पोखरेलबीच तीव्र प्रतिस्पर्धा

  • बुधबार, चैत्र २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २० चैत ।

नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनकाे मतगणना जारी छ । अहिले  जारी मतगणना अनुसार अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेल उपत्यका बाहिरको मतगणना सकिँदासम्म दुई सय २६ मतले अगाडि छन् । पोखरेलले १७ सय ८७ मत ल्याउँदा श्रेष्ठको १५ सय ६१ मत रहेको छ । अहिले काठमाडौं उपत्यकाको मतगणना भइरहेको छ ।

यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा दुई सयभन्दा बढी मतले  मत अन्तरले अगाडि छन् । केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो ।

एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ