कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला जारी, देउवा पक्षकाले गरे बहिस्कार !

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला जारी, देउवा पक्षकाले गरे बहिस्कार !

  • बुधबार, चैत्र २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौ, चैत २० ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौंको एक होटलमा बसिरहेको छ । सभापति शेरबहादुर देउवालाई स्वतः महाधिवेशन प्रतिनिधि बन्ने ब्यवस्था हटाउन दबाब दिन भन्दै आयोजित भेलामा देउवा पक्षका जिल्ला सभापतिहरु भने सहभागी छैनन् ।
भेलामा ४३ जिल्लाका सभापतिहरु सहभागी छन् । बिहिबारसम्म चल्ने भेलाप्रति पार्टी सभापति शेरबहादुर देउवाले भने असन्तुष्टि जनाएका छ्न । पार्टी कामको शिलसिलामा देउवा उपत्यका बाहिर रहेका छ्न ।
संस्थापनइतरका सभापतिहरुले भने शनिबारको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको यसअघिको निर्णय पुनर्विचार गर्न माग गर्ने भएको छ । फागुन १२ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले जिल्ला सभापतिहरुले उठाउँदै आएका यी दुबै माग सम्बोधन नगरी विधान बहुमतबाट पारित गरेको थियो ।
यसैबिच जिल्ला सभापतिहरुले माग सम्बोधन नभएमा विशेष महाधिवेशनका लागि प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।
काङ्ग्रेस विधानअनुसार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । पार्टीका पूर्वपदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य तथा उम्मेद्वार, प्रदेश सभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि स्वतः हुन पाउने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ