पढेकाहरु जागिर खानकै लागि विदेश जाने प्रवृति बढ्याेः प्रचण्ड

पढेकाहरु जागिर खानकै लागि विदेश जाने प्रवृति बढ्याेः प्रचण्ड

  • बुधबार, चैत्र २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, चैत २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पढेकाहरु जागिर खानकै लागि विदेश जाने प्रवृति बढेकेा बताएका छन् ।

बुधबार राजधानीमा राष्ट्रिय विकास परिषद्को बैठकमा उनले शिक्षित जनशक्ति विदेश पलायन डरलाग्दो देखिएको भन्दै चिन्ता व्यक्त गरे ।  शिक्षा नीतिमै परिवर्तन आवश्यक रहेको हो कि ? भन्ने प्रश्न गर्दै दाहालले  शिक्षामा गुणात्मक सुधारको आवश्यकता औंल्याए ।

विद्यालयदेखि विश्वविद्यालयसम्म व्यावसायिक तथा प्राविधिक, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा दिइनुपर्ने सुझाव उनको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले कृषिमा आधारित उत्पादनका क्षेत्रहरुको स्थापना तथा निर्यात वृद्धि गर्ने उद्योग स्थापनामा जोड दिए ।

आगामी योजनामा धनी र गरिबबीचको खाडल हटाउने योजनालाई प्राथमिकता दिन योजनाविद्हरुलाई सुझाउँदै अध्यक्ष दाहालले सुशासनबिना प्रगति सम्भव नरहेको पनि औंल्याए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार आर्थिक वृद्धिको दिशातिर अघि बढेको बताए । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न पुँजी र प्रविधिको विकासतर्फ सरकारको ध्यान रहेको मन्त्री खतिवडाको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ