काठमाडौं, चैत १९ ।
सेयरबजारमा दोहोरो अंकको सुधार आएसँगै मंगलबार कारोबार आधा अर्ब पुग्यो । बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर ११ सय ६३ अंकमा पुग्यो ।
निर्जीवन बिमा र जलविद्युत्बाहेक कारोबार भएका अरु समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो । जीवनबिमा समूहमा सबैभन्दा उच्च ३८ अंकको वृद्धि आयो । होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले उकालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १८ लाख ९३ हजार कित्ता सेयर ५० करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline