पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्न छाड्नुस:ओली

पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्न छाड्नुस:ओली

  • सोमवार, चैत्र १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

दमक, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्ने र गुटबन्दी गर्नेबाट होशियार हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

दमकमा आयोजित दमक नगर तथा वडा समितिलाई शपथग्रहण गराउने क्रममा आज प्रधानमन्त्री ओलीले कसैका कुण्ठा भए पार्टी कमिटीमा छलफल गरेर समाधान खोज्न आग्रह गर्नुभयो । पार्टीभित्रका समस्या पार्टीमा बसेर समाधान निकाल्न सकिने भन्दै उहाँले पार्टी निर्देशन सबैले पालना गर्नुपर्ने सुझाव दिनुभयो ।

सार्वजनिक रुपमा जथाभावी बोल्दै नहिँड्न आग्रह प्रधानमन्त्री ओलीले अब पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरुमा जिम्मेवारी आएको धारणा राख्नुभयो । “केही मान्छे उहिल्यैदेखि पार्टी बिग्रियो, सकियो मात्र भनेर हिँडिरहेको सुन्छु,” ओलीले भन्नुभयो, “जनताले दुई तिहाइ मत दिएका छन्, ६ वटा प्रदेशमा हाम्रो सरकार छ, अधिकांश स्थानीय तहमा हाम्रा उम्मेदवारहरुले जितेका छन् । यती हुँदा पनि पार्टी बिग्रिएको मात्र देख्छन् । के गर्दा सप्रेको हुन्छ भन्दिनु प¥यो नि रु”

घर ढलान गरिसकेपछि पनि २१ दिन टेका निकाल्न नहुने भन्दै उहाँले दुई वटा पार्टी एकता प्रक्रिया चलिरहेका बेला गुटबन्दीको कुरा गर्नु, वरियता मिलेन भन्नु उपयुक्त नहुने दाबी गर्नुभयो । सो क्रममा नगर कमिटीलाई पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरे र वडा कमिटीलाई केन्द्रीय सदस्य देवेन्द्र दाहालले शपथग्रहण गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ