काठमाडौं, १८ चैत ।
नेपाल कम्युनिस्ट पार्टीकाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
महासचिव विप्लवले सोमवार एक विज्ञप्ति जारी गर्दै बारा र पर्सामा आएको हावाहुरीका कारण ठुलो जनधनको श्रती भएकोप्रति दुःख व्यक्त गर्दै घटनाका पीडितको सहयोगका लागि जुट्न निर्देशन दिएका हुन्।
उनले हावाहुरीबाट विस्तापित परिवारलाई तत्काल स्थापित गर्न पनि माग गर्दै सम्बन्धित क्षेत्रको पार्टी पंक्तिलाई सबै क्षेत्रबाट सहयोग गर्न निर्देशन दिएका छन् ।
यस्तै, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन नेकपाले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, सम्बन्धीत घटना स्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशन गरिन्छ ।
उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
भिषण आँधी हुरीबाट दुखत घडिमा मृतकका परिवारलाई राहत, घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबार विहीनहरुको व्यवस्थापनको माग पनि गरिएको छ ।