बार एसोसिएसनको निर्वाचनकाे मतगणाना मंगलवारबाट हुने

बार एसोसिएसनको निर्वाचनकाे मतगणाना मंगलवारबाट हुने

  • सोमवार, चैत्र १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

१७ चैत, काठमाडौं । कानून व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएकाे निर्वाचनकाे मतगणाना मंगलवारबाट मात्रै हुने भएकाे छ ।

शनिबार नै निर्वाचन सकिए पनि मतगणना भने मंलगबारदेखि मात्रै हुने भएको छ । साेमवार दिउँसाे दुइ बजे बाट मतगणाना हुने भनिएपछि अधिवक्ताहरू दिउँसाेबाट नै बार परिसरमा भेला भएका थिए ।

केन्द्रीय कार्यसमितिका लागि काठमाडौंका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार निर्वाचन सम्पन्न भएको थियो । तर, देशभरिबाट मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले चैत १९ गतेबाट मात्रै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिएका छन् ।

बारको अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् । शनिबार सम्पन्न निर्वाचनमा कार्यसमितिका लागि एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको छ ।

खड्काका अनुसार देशभर १० हजार ३१३ मतदाता रहेकोमा सर्वोच्चमा भएको मतदान केन्द्रमा ४ हजार ८४३ मत खसेको छ । त्यसैगरी सर्वोच्च वारमा ६४४, उच्चवारमा १ हजार ६८८, काठमाडौँ जिल्लामा १ हजार ५८० मत खसेको छ । ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत उपत्यकाबाट खसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ