तीन नेताकाे रिहाईकाे माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमाथी बहस सकियो, आदेश आउन बाकीँ

तीन नेताकाे रिहाईकाे माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमाथी बहस सकियो, आदेश आउन बाकीँ

  • सोमवार, चैत्र १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, १८ चैत ।
नेपाल कम्युनिस्ट पार्टीका तीन जना नेताको रिहाईको माग गर्दै आईतवार सवोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ।
चैत १० गते गिरफ्तार घनश्याम श्रेष्ठ (पुस्कर), र माधव गौतम तथा चैत १३ गते गिरफ्तार कृष्ण कुमार श्रेष्ठ( प्रज्वल)को रिहाईको माग गर्दै सवोच्चमा रिट दायर भएको थियो ।

छुट्टाछुट्टै परेका तीन वटा रिटमाथि इजलास नम्बर ४ मा आज न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बहस भएको छ ।
आदेश आउन भने बाकी रहेको जनाइएको छ। रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी,अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्तिराम ढुङ्गाना, अधिवक्ता राजु अधिकारीले बहस गरेका थिए ।

पुस्कर नेकपाको व्युरो संयोजक तथा गौतम व्युरो सदस्य हुन् भने प्रज्वल जिल्ला ईन्चार्ज हुन् ।

सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै तत्काल थुनामुक्त गर्न माग गर्दै प्रज्वलका तर्फबाट बिनोद श्रेष्ठले सर्वोच्च अदालतका उक्त रिट दर्ता गरेका छन् । भने पुस्करका तर्फबाट उनकी पत्नी गीता खरेलले रिट दायर गरेकी छन् ।
रिटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको भनी वैचारीक आस्थाकै आधारमा गैरकानुनी रुपमा गिरफ्तार गरि हिरासतमा राखिएकोले भन्दै रिहाईको माग गरेका छन् ।
लामो समयदेखि सन्चार क्षेत्रमा आबद्ध भई काम गर्दै आएका प्रज्वल युद्ध पत्रकार समेत हुन् । नेपाल पत्रकार महासंघका पार्सद समेत रहेका कृष्णकुमार श्रेष्ठ (प्रज्वल) झण्डै दुई दशकदेखि पत्रकारीता क्षेत्रमा निरन्तर कृयाशिल छन् । उनी नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य तथा पूर्व कोषाध्यक्ष समेत हुन् ।
दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका उनले पछि पार्टी निर्देशनमा नै माओवादीले सन्चालन गरेको रेडियोमा जिम्मेवारी सम्हालेका थिए ।
पूर्वाञ्चलका जिल्लाहरुमा केन्द्रित रहेर सञ्चालन भएको रेडियो जनगणतन्त्र ९५.१ मेघाहर्ज पूर्वी प्रशारण सेवामा लामो समय काम गरेका प्रज्वलले शान्ति प्रक्रिया अघि बढेसँगै काठमाडौं आएका केही समय रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रममा आबद्ध भएर समेत काम गरेका थिए ।
शान्ति प्रक्रियाको दशकभर पत्रकारिता गरेर केही अघि मात्र फेरि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न गएका श्रेष्ठ माओवादीको युवापंक्तिभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
उनलाई मोरङको सुन्दरहरैचाको सलकपुर स्थित चिउरि मिलबाट सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएका थिए ।
उता, लामो समयदेखि सन्चारक्षेत्रमा नै कृयाशिल अर्का नेकपा नेता पुस्करलाई पनि प्रही यहि चैत १० गते मोरङकै कानेपोखरी गाउँपालीका बयरबनस्थित नारायणचोकबाट गिरफ्तार गरेको हो ।
पुस्करलाई इलाका प्रही कार्यलय ईटहरीमा र प्रज्वललाई ईलाका प्रहरी कार्यलय लौकहिमा राखिएको छ ।

यस्तै माधव गौतमको हकमा भाई सन्जिव गौतमले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। गौतमलाई पनि इलाका प्रहरी कार्यलय ईटहरीमा राखिएको छ ।
उनलाई मोरङको नारायणचोकबाट यहि चैत १० गते नै प्रहीले गिरफ्तार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ