निर्मला हत्याकाण्डको ९ महिना, कहिले होला अपराधिको पहिचान ?

निर्मला हत्याकाण्डको ९ महिना, कहिले होला अपराधिको पहिचान ?

  • सोमवार, चैत्र १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ, १८ चैत ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दा समेत अझै अपराधि पत्ता लाग्न सकेको छैन । हालसम्म अनुसन्धान टोलीले ६० जनाभन्दा बढीको डीएनए परीक्षण गरिसकेको जनाएको छ तर घटनाको सत्य तथ्य आउन सकेको छैन ।
निर्मलाको भेजाइनल स्वाबसँग डीएनए परीक्षण गरिएका व्यक्तिसँग मेल खाएको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोली अनुसन्धानमै छन् ।
साउन १० गते बेपत्ता कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको शव ११ गते उल्टाखामनजिकै उखुबारीमा शव भेटिएको थियो । यसअघि गृह मन्त्रालयले बनाएको छानबिन समितिले मुख्य अभियुक्तको पहिचानबिनै प्रतिवेदन बुझाएको थियो भने प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बस्न्यातको नेतृत्वमा अर्को छानबिन समितिले छानबिनमा खटिएका प्रहरीमाथि नै अनुसन्धान केन्द्रित मात्रै गरेन एसपी विष्टसहित प्रहरी अधिकृतमाथि आन्तरिक कारबाही सिफारिस भयो ।
अहिले पनि सीआईबी र महाशाखाको टोली कञ्चनपुरमै बसेर अनुसन्धान गरिरहेको छ ।
निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्ट अभियोगमा बर्खास्तीमा परेका प्रहरी अधिकृत एसपी विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, निलम्बनमा परेका प्रहरी अधिकृत डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षक ज्ञानबहादुर सेठ्ठी, एकेन्द्र खड्का, सई हरिसरसिंह धामी, सहायक निरीक्षक रामसिंह धामी र हवल्दार चाँदनी साउदविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भए । अदालतले सबै प्रहरी अधिकृतलाई फरकफरक रकममा धरौटी लिएर छाड्ने आदेश गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ