काठमाडौं, चैत १८ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सभापति देउवाले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
गएराति आएको भीषण आँधीले वारा र पर्सामा २६ जना बढीको मृत्यु भयो, ६ सय बढी घाईते भएका छन् । सिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्याउँदा ठूलो संख्यामा मानवीय हताहति भएको भयो ।
आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
सोमबार बिहान ट्वीट गर्दै देउवाले घाइतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारसँग मागसमेत गरेका छन् ।
