पूर्वराजा ज्ञानेन्द्र शाहमाथि समेत सरकारले प्रतिबन्ध लगाउन सक्ने !

पूर्वराजा ज्ञानेन्द्र शाहमाथि समेत सरकारले प्रतिबन्ध लगाउन सक्ने !

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

फिदिम, १७ चैत ।
सत्तारुढ दलका एक नेताले पूर्वराज ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन्।

पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेश(१ का सहइञ्चार्ज सावित्रिकुमार काफ्लेले गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्ने बताए ।

उनले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ। तर, गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ।’

राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेको भन्दै काफ्लेलेसंविधान विपरित गतिविधि गरे कानुन बमोजिम कारबाही गर्ने बताए ।

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ। पूर्वराजाको गतिविधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ। ‘वाम सरकारले मुलुकको हित विपरित गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ’, उनले भने।

फाइल फाेटाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ