ने.क.पा. नेता सुदर्शनसहित ९ जनालाई १५ दिनका लागि म्याद थप

ने.क.पा. नेता सुदर्शनसहित ९ जनालाई १५ दिनका लागि म्याद थप

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ, १७ चैत ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई जिल्ला अदालत ललितपुरले १५ दिनका लागि म्याद थप गरेको छ ।

सुदर्शनका तर्फबाट ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । प्रहरीले उनीहरुलाई यही चैत  ९ गते बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा काभ्रेबाट गिरफ्तार गरेको थियाे ।

कमान्ड इन्चार्ज सुदर्शन गिरफ्तारीको वामपन्थी शक्ति, बुद्धिजीवी, लोकतान्त्रिक शक्ति, देशभक्त शक्ति, कलाकारहरुले चौतर्फी विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ