विप्लव नेतृत्वकाे नेकपाका जिल्ला जनसरकार प्रमुख गिरफ्तार

विप्लव नेतृत्वकाे नेकपाका जिल्ला जनसरकार प्रमुख गिरफ्तार

  • शनिबार, चैत्र १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

कास्की ।

सरकारले प्रतिबन्ध लगाएसँगै नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्रतामाथि धरपकड तथा गिरफ्तारीकाे श्रृङखला बढेकेा छ । यसैक्रममा शुक्रबार कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका छन् ।

निर्माण व्यवसायी समेत रहेका गुरुङ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा निर्माणाधीन स्वीमिंग पुलमा काम गरिरहेका बखत उनलाई  शुक्रबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।

गत मंगलबार मात्र तमुवान् जनसरकार प्रमुख किसानसिंह गुरुङलाई प्रहरीले पोखरा –  २७ रिठेपानीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।

त्यस अघि प्रहरीले विप्लव नेतृत्वको नेकपा कार्यकर्ता रहेको आरोपमा अखिल नेपाल सेक्युरिटी मजदुर संघ क्रान्तिकारीका कास्की जिल्ला संयोजक अमृत सापकोटालाइ पक्राउ गरेको थियो l प्रहरीले विप्लव नेतृत्वको नेकपा समर्तक रहेको आरोपमा सर्वसाधारण नागरिकहरु गणेश अधिकारी, खड्का राई, उमानाथ बास्तोला लगायतलाइ पक्राउ गरी मुद्दा चलाएको छ  ।

यसैबीच प्राप्त जानकारी अनुसार, कास्की जिल्लाको लेखनाथ घर भएका ‘विप्लव’ नेतृत्वको नेकपा स्याङ्गजाका सेक्रेटरी गोकुल पराजुली र रुकुम घर भएका मजदुर नेता गोविन्द ओलीलाई प्रहरीले शुक्राबार स्यान्ग्जामा पक्राउ गरेको छ   ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ