पार्टी कार्यालय रहेकाे“रातो घर”मा नयाँ संरचना नबनाउन नेकपाको चेतावनी 

पार्टी कार्यालय रहेकाे“रातो घर”मा नयाँ संरचना नबनाउन नेकपाको चेतावनी 

  • शुक्रबार, चैत्र १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

शिव डुम्रे/ चैत १५, बुटवल । 

नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टी कार्यालय “रातो घर” भत्काईएको प्रती गम्भीर खेद प्रकट गर्दै सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिएको छ ।

आजै एक बिज्ञप्ति सार्वजनिक गर्दै सो पार्टीले “रातो घर” भएको स्थानमा कुनै नयाँ संरचना बनाए भौतिक रुपमै प्रतिरोध गर्ने समेत चेतावनी दिएको छ ।  पार्टी जिल्ला इन्चार्ज शरद ओलि र जिल्ला सेक्रेटेरी अमर आर सि द्वारा हस्ताक्षरित बिज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई जबर्जस्त उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसले गम्भीर परिणाम निकाल्ने बताएका छन ।

बिज्ञप्तिमा भनिएको छ, ”हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरु मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरुसमेत कब्जा गरि अपमानित ढङ्गले बिनासुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसखाले हस्तक्षेपले हामिलाई थप  गम्भीर बनाएको छ, सरकारको यो कदमले हाम्रो पार्टीलाई जबर्जस्त उद्देलित गराउन खोजेको देखिन्छ ।”

फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कत विरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील गर्दै बिज्ञप्तिमा पार्टी कार्यालय “रातो घर” रहेको स्थानमा पार्टीसंग छलफल नगरी  विनाबिकल्प कुनै नयाँ संरचना नबनाउन र बनाएमा पार्टीले भौतिक रुपमै प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ