सन्धिखर्क, १५ चैत ।
वेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) सम्पर्कमा आएका छन् । वेपत्ता भएको सय दिनपछि शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जानकारी दिएकाे मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
उनी कहाँ र किन गएका थिए, भन्ने बारेमा जानकारी नगराएको तर आफू सकुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताए । उनी भारतमा गएर बसेको हुनसक्ने अनुमान गरिएको छ। तर किन र केका लागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन।
पुस २ गते मालारानी- २ डाडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए।गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको थिएन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline