लगानी सम्मेलन शुरु, उद्घाटन गर्दै प्रधानमन्त्रीले भने -लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ 

लगानी सम्मेलन शुरु, उद्घाटन गर्दै प्रधानमन्त्रीले भने -लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ 

  • शुक्रबार, चैत्र १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, चैत १५ ।लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने जनाएको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।

सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी गराएका थिए ।

यसैबीच,  प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको भन्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा दुई तिहाईको सरकार बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि राम्रो वातावरण बनेको दावी पनि गरे ।

उनले लगानीका लागि ‘भर्जिन ल्यान्ड’ रहेको नेपालमा कुनै द्विविधा नलिई लगानी गर्न विदेशी लगानीकर्तालाई अपील पनि गरे ।

जलविद्युतमा उच्च सम्भावना रहेको औल्याउँदै उनले पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा सम्भावनै सम्भावना रहेको विश्वास दिलाउने प्रयत्न गरेका हुन् ।

बलियो सरकार बनेसँगै राजनीतिक स्थिरताको युग शुरु भएको भन्दै लगानीकर्ताहरुको पूर्ण सुरक्षा सुनिश्चितता गरिने बचन पनि दिए ।

लगानीकर्ताको लगानी सुरक्षित गर्नके लागि संसदले थुप्रै कानुन बनाएको पनि उनले प्रष्ट गरे । भारत र चीनजस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपाल व्यापारिक हव बन्न सक्ने उनको जिकीर थियो ।

नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा कोरा कल्पना मात्र नरहेको भन्दै यसमा हातेमालो गर्न सबै लगानीकर्तालाई प्रधानमन्त्री ओलीले अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ