प्रतिबन्ध लगाएपनि विप्लवका लागि वार्ताको ढोका खुला राखेका छाैः नेता योगेश भट्टराई 

प्रतिबन्ध लगाएपनि विप्लवका लागि वार्ताको ढोका खुला राखेका छाैः नेता योगेश भट्टराई 

  • बिहिबार, चैत्र १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

तालेजुङ, १४ चैत ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र सम्वाद भइरहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज आयोजित सर्वपक्षिय बैठकमा उहाँले विभिन्न सुत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र सम्वाद भइरहेको बताउनुभयो । सरकारले वार्ता, सम्वाद र छलफलका लागि ढोका खुला राखेकाले उहाँले राजनीतिक तबरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पार्नुभयो । संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उहाँले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।

प्रतिबन्ध लगाउनुअघि पनि विप्लव नेकपासँग वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनु परेको नेता भट्टराईले बताउनुभयो । छलफलमा जनप्रतिनिधिले प्रतिबन्धपछि स्थानीय तहमा विभिन्न चुनौती थपिएकाले चाँडै राजनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । तर नेकपाले भने वार्ताका लागि सरकारले कुनै अाधिकारी जानकारी या पहल समेत पार्टी सँग नगरेकेा प्रष्ठ पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ