प्रधानमन्त्री ओलीले भने- काङ्ग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएर प्रतिबन्धकाे बिराेध गर्याे

प्रधानमन्त्री ओलीले भने- काङ्ग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएर प्रतिबन्धकाे बिराेध गर्याे

  • बिहिबार, चैत्र १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपना नदेख्न सुझाव दिएका छन् । उनले अब मुलुकमा क्रान्ति समेत आवश्यक नभएकाे बताए ।

राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको प्रधानमन्त्रीकाे भनाइ थियाे ।

नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने बताए । उनले विप्लव नेतृत्वकाे नेकपातर्फ लक्षित गर्दै “ सरकारले सबैलाइ कानूनबमोजिम नियन्त्रण गर्छ । यसमा पार्टी पङ्क्ति स्पष्ट भए हुन्छ ।”

यसअघि लुटेर समुह भनेका प्रधानमन्त्री ओलीले आज नेकपालाई कम्युनिष्टको बर्काे ओढेको गिरोहकाे संज्ञा दिए। त्यस्तो समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको जिकिर गर्दै उनले मुलुकबाट पृथकतावादको कुरा र हिंसात्मक राजनीतिको अभ्यास समाप्त भएको बताए।

पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै  उनले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गरे।

सत्तारूढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहीन प्रवृत्ति उचित नभएको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ