नेकपाले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता, गिरफ्तार र दमनको उचित जवाफ दिन्छौः विप्लव(विज्ञप्तीसहित)

नेकपाले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता, गिरफ्तार र दमनको उचित जवाफ दिन्छौः विप्लव(विज्ञप्तीसहित)

  • बुधबार, चैत्र १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौ, १३ चैत ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपाले नेपाल बार एसोसिएसनको निर्वाचन र एसइइ परिक्षा आमहड्ताल कै दिन परेकाले फिर्ता लिएको हो ।
नेकपा महासचिव विप्लवले बुधवार बिज्ञप्ति जारी गरी यसअघि घोषित आमहड्ताल सहितको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको जानकारी दिएका छन् ।
यसअघि सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिदै नेकपाले नेपाल बन्दको आह्वान गरेका थियो । महासचिव विप्लवले एसइइ परिक्षालाई मध्यनजर गर्दै शनिवारका दिन बन्द घोषणा गरेको जनाएका थिए ।
तर शनिवार चैत १६ गते पनि परिक्षा रहेको र सोहि दिन बारको निर्वाचन पनि परेकाले उक्त दिनको बन्द फिर्ता गरिएको बुधवार जारी अर्को बिज्ञप्तीमा जनाईएको छ ।
यसअघि नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको थियो । १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ । विप्लवले बारको आग्रह र एसइइ परिक्षा परेकाले नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको जनाएका छन् ।
यस्तै महासचिव विप्लवले नेकपाकाथिको दमन र नेकता कार्यकर्ताको गिरफ्तारीको उचित जवाफ दिने चेतावनी समेत दिएका छन् । बिज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले हाम्रो पार्टी र उसका गतिविधि माथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोली सम्म हान्ने जुन कुकार्य गरेको छ। त्यसको हामी उचित जवाफ दिने छौ ।’ साथै उपयुक्त समयमा नया संद्दर्षको कार्यक्रम पनि घोषणा गर्ने विप्लवले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ