काठमाडौं, १३ चैत । नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई प्रहरीले गिरफ्तार गरेकेा छ ।
श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनले केहि समय रेडियो नेपालको घटना र विचारमा समेत काम गरेका थिए । उनी मिर्मिरे एफएमको पूर्व अध्यक्ष समेत हुन् । मिर्मिरेकेा स्थापनाकालदेखि नै उनी त्यसमा कार्यरत छन् ।
दुई दिनअघि मात्रै प्रहरीले कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर)लाई पनि पक्राउ गरेको थियो । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव नेकपाका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेकाहरूमध्ये हालसम्म उच्चस्तरको नेता भने मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) हुन् ।