एकैदिन विप्लव नेकपाका १२ जना कार्यकर्ता गिरफ्तार, प्रतिबन्ध पछि कति जना पक्राउ परे ?

एकैदिन विप्लव नेकपाका १२ जना कार्यकर्ता गिरफ्तार, प्रतिबन्ध पछि कति जना पक्राउ परे ?

  • मङ्लबार, चैत्र १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौँ, १२ चैत ।
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै नेता कार्यकर्तामाथि धरपकड तिब्र बनाएको छ । हालसम्म उच्च तहका नेता सहित दर्जनौलाई गिरफतार गरिसकेको छ ।
सरकारले फागुन २८ यता मात्रै नेकपाका स्थाई समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्डका ईन्चार्ज हेमन्तप्रकाश ओली, पीवीएम मोहन कार्की (जीवन्त), केन्द्रिय सदस्य प्रज्वलन लगायतका झण्डै ७० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।
मंगलबार मात्रै प्रहरीले बिभिन्न आठ जिल्लाबाट जिल्लास्तरीय नेता तथा बिभिन्न जनबर्गिय संगठनका गरी १२ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले मंगलबार मात्रै चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ ।कास्कीबाट किसान सिंह तमुलाइ गिरफ्तार गरेकेा छ ।

नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै सरकार नेता कार्यकर्ता विरुद्ध कठोर बन्दै गएको छ । गृह मन्त्रालयले पछिल्लो दश दिनमा मात्रै नेकपाप्रति लक्षित दुईवटा प्रेस बिज्ञप्ती जारी गरीसकेको छ, भने नेकपाका केन्द्रिय नेताहरु पक्राउ गर्नका लागि प्रहरीलाई कडा निर्देशन दिइरहेको छ । गृहले चैत १ गते अवैध वा नविकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । त्यसलगत्तै चैत १० गते गृहले दोस्रो विज्ञप्ती जारी गर्दै विप्लवले नेतृत्व गरेको नेकपालाई प्रत्यक्ष परोक्ष सहयोग र्पुयाउने व्यक्ति, संस्था वा समूहलाई समेत कारवाहीको दायरामा ल्याइने भन्दै सूचना जारी गरेको छ ।
गृहको पछिल्लो विज्ञप्ती लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदीय दलको बैठकमा बोल्दै चैत महिनाभीत्रै नेकपाका नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइने बताएका थिए । चैत महिनाभित्र चन्दलाई पनि नियन्त्रणमा लिने दाबी गरे ।

त्यसको जवाफ स्वरुप नेकपाका महासचिव विप्लवले पनि सोमबार विज्ञप्ती निकालेर पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन चैत सम्मको अल्टिमेटम दिएका छन् । विप्लवले विज्ञप्तीमा पार्टीमाथिको प्रतिबन्ध हटाएर चैतभित्र शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका कार्यक्रमहरुमाथि नै प्रतिबन्ध लगाउने जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ