निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

काठमाडौं, ११ चैत ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्। सोमवार बसेको संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो।

वर्तमान प्रमुख आयुक्त अयोधिप्रसाद यादवले अवकाश पाएपछि उनको ठाउँमा थपलियाको नाम सिफारिस गरिएको हो। प्रमुख निर्वाचन आयुक्तको दौडमा निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहाल पनि दाबेदार थिए।

यस्तै, बैठकले समावेशी आयोगकाे सदस्यमा विष्णुमाया ओझाको नाम सिफारिस गरेको छ। बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहे। देउवाको अनुपस्थितीमा परिषद्ले बहुमतका आधारमा निर्णय लिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ