कोशी ब्यूरो संयोजक श्रेष्ठ र गौतमलाई तुरुन्त रिहा गर्न ने.क.पा. पूर्वीकमाण्डद्वारा माग

कोशी ब्यूरो संयोजक श्रेष्ठ र गौतमलाई तुरुन्त रिहा गर्न ने.क.पा. पूर्वीकमाण्डद्वारा माग

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

मोरङ, ११ चैत ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)को पूर्वी कमाण्डले पार्टीको कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’सहित गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ ।

कमाण्डले ब्यूरो संयोजक श्रेष्ठ, ब्यूरो सदस्य माधव गौतमलाई बिनाकारण ‘सामाजिक दलाल फासीवादी सरकार’को निर्देशनमा प्रहरीप्रशासनले गिरफ्तार गरेको भन्दै गिरफ्तारको निन्दा गरेको छ । संयोजक श्रेष्ठ र सदस्य गौतमलाई हिजो आइतबार साँझ पार्टीको केन्द्रीय जनभेटघाटमा रहेको बेला मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको वयरवनबाट अपरहण शैलीमा गिरफ्तार गरेको भन्दै कमाण्डका ईन्चार्ज विरहीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भत्र्सना गरेकाा छन् ।

राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा पार्टीका नेता कार्यकर्ता र समर्थकमाथि दमन र धरकपड मच्चाएको भन्दै कमाण्डले विरोध गरेको छ । सर्चअपरेसन तत्काल रोक्न समेत उसले माग गरेको छ ।

ईन्चार्ज विरहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी–बादल कम्पनीले सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुन्दैछ” भन्ने कुरा वर्तमान घटनाक्रमले पुष्टि गरेको छ ।’ पार्टीमाथि लगाएको प्रतिबन्ध फासीवादको ‘भद्दा नमूना’ भएको उल्लेख गर्दै ‘बिनाकारण अपहरण शैलीमा गरिएको उक्त गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा नगरिए जनप्रतिरोधमार्फत संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘‘गिरफ्तार परेका कमरेडहरुलाई तुरुन्त रिहा नगरिए जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ