लगातार घट्दै आएको शेयर बजार सामान्य अङ्कको सुधार

लगातार घट्दै आएको शेयर बजार सामान्य अङ्कको सुधार

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ११ चैत।
लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने घटेको छ । छ वटा उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका शेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु दुई करोड आठ लाख, नागरिक लगानी कोष रु एक करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ८८ लाख ६४ हजार ४९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८२ लाख ८२ हजार ७५६ कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी