सीमा नाका पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना

सीमा नाका पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना

  • आइतवार, चैत्र १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

इलाम, १० चैत ।

सीमा नाका पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भए पनि उद्घाटन हुन नसक्दा अझै कामकाज शुरु भएको छैन ।उक्त कार्यालयका लागि सरकारले आठ कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएका अध्यागमन अधिकृत गणेश मिश्र कार्यालयको व्यवस्थापनमा खटिनुभएको छ ।

अध्यागमन कार्यालय नहुँदा भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या पत्ता लाग्न मुस्किल थियो ।
भारतलगायत तेस्रो देशका पर्यटकलाई इलाम भित्र्याउन अध्यागमन कार्यालय अत्यावश्यक भएकोे जिल्लाका सरोकारवालाको भनाइ थियो ।
सीमामा नेपालले अध्यागमन कार्यालय स्थापना गर्दैमा सबै समस्या समाधान नहुने भएकाले भारतले समेत सीमामा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

भारतलाई समेत सीमामा अध्यागमन कार्यालय स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको अध्यागमन अधिकृत मिश्रले जानकारी दिनुभयो ।उक्त कार्यालयले तेस्रो देशका नागरिकलाई प्रवेशाज्ञा र प्रस्थानको अनुमति प्रदान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ