किशोरीको सामूहिक बलात्कारमा संलग्न पक्राउ

किशोरीको सामूहिक बलात्कारमा संलग्न पक्राउ

  • आइतवार, चैत्र १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काभ्रे, १० चैत । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् ।

पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई खोजतलासका क्रममा मण्डनदेउपुरबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार दनुवारलाई यही चैत ३ गते साँझ मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

दनुवारसहित चार जनाले बालुवा चाली टिपरमा फर्कंदै गरेकी १४ वर्षीया किशोरीलाई नदी किनारमा लगी सामूहिक बलात्कार गरेको पीडित परिवारद्वारा घटनाको भोलिपल्ट प्रहरीमा दर्ता किटानी जाहेरी दिएको जनाइएको छ ।

सोही आधारमा प्रहरीले चैत ५ गते मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको थियो । आरोपित टिपरका चालक तथा सहचालक हुन् ।

प्रहरीले सोही दिन आरोपितको म्याद थप गर्दै हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिए ।

पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । मुलुकी संहितामा आरोपितलाई कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ