गोरखा, ९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न तयार रहेकेा बताएका छन् ।
गाेरखामा आज पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले ने.क.पा.लाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए ।
“प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सञ्चारमाध्यममा बाहिर आइरहेकै छ”, उनले भने, “सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।”
“बाहिर चर्चामा आए जस्तो विप्लव ने.क.पा. सँग सरकारले वार्ता गर्न चाहेन भन्ने कुरा सत्य होइनन्”, प्रवक्ता श्रेष्ठले भने, “सरकार वार्ता गर्न पनि तयार छ र संविधान विरोधी गतिविधि नियन्त्रण गर्न पनि ।”
“शान्तिपूर्ण बाटोबाटै समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न सकिन्छ”, उनले भने, “तर उहाँहरु शान्तिसुरक्षामा खलल पु¥याउने, समाजमा अराजकता सिर्जना गर्ने उल्टो बाटो तिर लाग्नुभएको छ”,