जनमत संग्रहको बहानामा प्रजातन्त्रलाई कमजोर पार्न हुँदैन,विप्लवसँग पनि वार्ता गर्नुपर्छः नेता पाैडेल

जनमत संग्रहको बहानामा प्रजातन्त्रलाई कमजोर पार्न हुँदैन,विप्लवसँग पनि वार्ता गर्नुपर्छः नेता पाैडेल

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने बताएका छन् ।
नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेसले कुनै पनि विषयमा जनमत संग्रहको कुरा गर्न नहुने बताए ।
पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको भन्दै सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने बताए ।कांग्रेस महामन्त्री शशांक कोइरालाले धर्मका विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका बेला वरिष्ठ नेता पौडेलले भने जनमत संग्रहको कुरा अनावश्यक भएको बताएका हुन् । उनले जनमत संग्रहको बहानामा प्रजातन्त्रलाई कमजोर पार्न नहुने उनको भनाइ थियो ।

अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताउदै नेता पौडेलले भने, “ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”,। शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उहाँको आरोप छ ।

यस्तै अर्को प्रशंगमा नेता पौडेलले विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको बताए । “कुनै पनि पार्टी या समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने ।
नेपाली काङ्ग्रसले आइतबारदेखि ‘मधेश संवाद अभियान’ सञ्चालन गर्न लागेको नेता पौडेलले बताए ।
काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । “समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेलले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ