भारतीय राजदूत मञ्वजीवसिंह पुरीसँग सरकार झस्कियो, स्पष्टीकरण लिने !

भारतीय राजदूत मञ्वजीवसिंह पुरीसँग सरकार झस्कियो, स्पष्टीकरण लिने !

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, ९ चैत । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्वजीवसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।

मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

तराई भ्रमणमा रहेका बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट भएको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवाञ्छित गतिविधि गर्दै हिंडेका पूर्वराजा ज्ञानेन्द्रसँग भारतीय राजदूतकोले भेट गरेकाले स्पष्टीकरण लिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ