विप्लव नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ९ जना गिरफ्तार, को को परे पक्राउ ?

विप्लव नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ९ जना गिरफ्तार, को को परे पक्राउ ?

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 32.3K
    SHARES

काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् ।
प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ९ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो । काभ्रेकाे खानीखाेला गापा-३ स्थित डाँडा गाउँबाट प्रहरीको विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले घेरा हाली सुदर्शनसहित ९ जनालाई पक्राउ गरेको हो ।

नेता सुदर्शनसहित नेताहरु शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेकाे महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताए ।खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले दाबी गरेकेा छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको दाबीछ ।

केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरीले फायरिङ गरेकाे थियो । काठमाडौंबाट गएको अपराध महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको प्रहरीले बताएकाे थियाे ।त्यस क्रममा प्रहरीले काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो ।

शुक्रवार राती पनि नेताहरुलाई पक्राउ गर्न प्रहरीले सिंगो गाउँलाई नै घेरा हालेर सर्च अपरेशन नै चलाएको थियो । उता पक्राउ परेका नेताहरुलाई भेट्न मानवअधिकारीवादीको टोली टेकुस्थित महानगरीय प्रहरी बृतमा पुगिसकेको छ ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले गाउँगाउँ पुगेर सो पार्टीका नेताहरुलाई प्रकाउ गरिरहेको छ ।  अहिलेसम्म पक्राउ परेकामध्ये सुदर्शन पार्टीका उच्च स्तरका नेता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ