काग्रेस नेता डा. शेखर कोईरालाको प्रश्न, प्रधानमन्त्रीले वाईडबडी काण्ड किन लुकाउदैछन् ?

काग्रेस नेता डा. शेखर कोईरालाको प्रश्न, प्रधानमन्त्रीले वाईडबडी काण्ड किन लुकाउदैछन् ?

  • शुक्रबार, चैत्र ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडाैं – नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले वाइडबडी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्।

जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा भएको अनियमितता लुकाउन खोजेको समेत आरोप लगाए। उनले भने, ‘मन्त्री अधिकारी निर्दोष छन् भनेर प्रधानमन्त्रीले भन्नुभयो। सरकारको प्रमुखले निर्दोष ठहरियाएपछि दोषी पनि त देखाउनुप-र्यो नि।’

अर्थ र गृहमन्त्रालयको अधिकार आफैंले लिएर सर्वसत्तावाद लाद्न खोजेको आरोप कोइरालाले लगाए। सरकारले राष्ट्रपतिलाई क्रियाशील बनाएर संविधानविपरीत हिँडेको आरोप लगाउँदै भने, ‘राष्ट्रपतिलाई घरी क्लाइमेन्ट चेन्जको कार्यक्रममा पठाउने, घरी चाइना पठाउने, राष्ट्रपतिलाई क्रियाशील बनाएको देखियो, हामीले राष्ट्रपतिलाई सेरेमोनियल बनाउने सम्झौता गरेका हौं।’

पार्टीभित्रको विवादबारे असन्तुष्टि व्यक्त गरेका कोइरालाले आफ्नो इतिहास आफैं मेटाउने दिशामा कांग्रेस हिँडेको भन्दै चिन्ता गरे। उनले भने, ‘नेपाली कांग्रेसको महासमितिमा प्रस्तुत कुनै दस्तावेजमा गिरिजाबाबुले संसद् पुनस्र्थापना गरेको कुरा कही उल्लेख छैन, यसले आफ्नो इतिहास आफैं मेट्न खोजेको पुष्टि गर्छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ