चैत्र ८ काठमाण्डौं । विप्लवमाथि बल प्रयोग गरेर नियन्त्रणमा लिनु घातक हुने भन्दै राजनीतिक रुपमा समाधान खोज्नु उपयुक्त हुने सुझाव सेनाले दिएको भन्ने समाचार बिहिबार नागरिक दैनिकले छापे पछि सरकार सेनासगँ असन्तुष्ट बनेको खबर फेरी आएको छ ।
रक्षा मन्त्री ईश्वर पोखरेल र सचिव रेस्मीराज रेग्मीले सैनिक मुख्यालयलाई स्पष्टीकरण सोधेको नागरिकले खबर लेखेको छ ।
सेनाको उच्च तहले विप्लवमाथि प्रतिवन्ध लगाएर बल प्रयोग गर्नु घातक हुने भन्दै राजनीतिक समाधान खोज्न सुझाव दिएको थियो ।
फागुण १४ को केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि सेनाका प्रतिनिधिले यस्तै सुझाव राखेको बताईएको छ ।
एकातिर विप्लवमाथि प्रतिवन्ध लगाउने अर्कोतिर प्रधानमन्त्री एक्लैले सोझै सेना परिचालन गर्न पाउने गरी विधेयक ल्याईए पछि त्यसबारे चौतर्फी असन्तुष्टी बढेका बेला सरकार र सेनाको समेत दुरी बढ्ने त हैन भन्ने चिन्ता गर्न थालिएको छ ।
कतिपय बुद्धीजीवीहरु भने आन्तरीक राजनीतिमा सेना परिचालन गर्नु घातक नै हुने भन्दै सेनाको सुझाव सकारात्मक रहेको बताउछन् ।
सरकारको स्पष्टीकरण माग्ने कार्य पछि जंगी अड्डाले विज्ञप्ति निकालेर सरकारको निर्देशन र सैनिक ऐन अनुसार नै सेना चल्ने भन्दै सार्वजनिक समाचारहरु कपोलकल्पित र भ्रामक भन्दै ध्यानाकर्षण गराएको थियो ।