आफ्नै श्रीमतीलाई खुकुरी हानेर हत्या

आफ्नै श्रीमतीलाई खुकुरी हानेर हत्या

  • शुक्रबार, चैत्र ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

सर्लाहीको बरहथवामा श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ। बरहथवा नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले बिहीबार राति ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहारी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

राती साँढे १० बजेतिर रामजीले श्रीमती सुनिताको घाँटी, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको उपरीक्षक भट्टराईले जनाएका छन्।

प्रहरीकाअनुसार खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो। श्रीमतीको हत्या गररी भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ।
प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमतीले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको बताएका छन् ।
मृतक सुनिता शिक्षिकाको रुपमा कार्यरत रहेको प्रहरीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ