वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ गम्भीर बिरामी

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ गम्भीर बिरामी

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडाैं, ७ चैत ।

वरिष्ठ पत्रकार कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ गम्भिर विरामी परेका छन् । उनकाे ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भैरहेको छ ।

करिब चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएपनि विभिन्न स्वास्थ्य समस्या देखा परेपछि पुर्ण रुपमा निको हुन सकेको छैन । स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो र केही दिनको उपचारका क्रममा चिकित्सकहरुले श्रेष्ठलाई Guillain-Barré syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।तर फेरी गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबार देखि नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा उपचार हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ