शेयर बजार : छ अङ्कले वृद्धि

शेयर बजार : छ अङ्कले वृद्धि

  • आइतवार, चैत्र ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ३ चैत ।  शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०।३६, विकास बैंक ४।६५ र अन्य उपसमूह ०।७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७।६१, जलविद्युत् ९।१, वित्त ६।९२, निर्जीवन बीमा २।४४, उत्पादन ३५।४१, लघुवित्त १, जीवन बीमा ४५।८५ विन्दुले बढेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु चार करोड ४६ लाख एक हजार ४४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको रु दुई करोड ९३ लाख ३१ हजार ५१७, एनआइसी एशिया बैंकको रु एक करोड ५४ लाख ४९ हजार ६९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ४५ लाख छ हजार ९४३ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।८४, युनाइटेट फाइनान्स ९।५५, श्रीराम सुगर मिल ८।५९, राधी विद्युत् कम्पनी ७।८३, जानकी फाइनान्स ६।८३, सिन्धु विकास बैंकका शेयरधनीले ६।४५ प्रतिशतले कमाएका छन् ।

यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६।७४, घलेम्दी हाइड्रो पावर ४।९०, ङादी समूह ४।६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४।३६ प्रतिशतले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी