सरकारी दमनको विरोधमा ने.क.पा.को आह्वानमा आज राप्ती बन्द, सवारी नचलेपछि पाँचै जिल्लामा जनजीवन प्रभावित

सरकारी दमनको विरोधमा ने.क.पा.को आह्वानमा आज राप्ती बन्द, सवारी नचलेपछि पाँचै जिल्लामा जनजीवन प्रभावित

  • बिहिबार, फाल्गुन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, २३ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आफ्नो पार्टीका नेता कार्यकर्तालाई अनाहकमा गिरफ्तार र झुठा मुद्दा लगाएको भन्दै सरकारको विरोधमा आज राप्ती क्षेत्र बन्द गरेको छ ।
‘सामाजिक दलाल सरकार’को निर्देशनमा प्रहरी प्रशासनले रोल्पा–दाङ लगायत जिल्लाबाट शान्तिपूर्ण कार्यक्रममा गरिरहेको अवस्थामा नेता कार्यकर्तालाई अपहरण शैलीमा गिरफ्तार गर्ने र गिरफ्तारपछि हिरासतमा राखेर चरम रुपमा अमानवीय ढंगले शारीरिक यातना र मानसिक तनाव दिएको भन्दै ने.क.पा.को राप्ती ब्यूरोले बुधबार राप्ती बन्दको आह्वान गरेको हो । सो विषयलाई लिएर मंगलबार राप्ती ब्यूरो ईन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरेर बन्दलाई सफल बनाउन आम सर्वसाधारणसँग सार्वजनिक अपिल गरेका थिए ।

इन्चार्ज सुवासले दुईतिहाईको ‘कम्युनिस्ट’ सरकारले आफू बसेको घर आँगनको समेत रक्षा गर्न नसकेको स्पष्ट पार्दै देशको माटोको रक्षा र जनताको अधिकारको संघर्ष चलाइरहेको ने.क.पा.का नेता कार्यकर्तालाई राजनीतिक प्रतिशोधमा आएर प्रहरीप्रशासनको दुरुपयोग गर्दै गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

राप्तीको रोल्पा, दाङ, रुकुमलगायत जिल्लामा प्रहरी प्रशासनले पार्टी नेता–कार्यकर्ता तथा सर्वसाधारण र जनयुद्धका घाइते, सहिद, अपांगका परिवारको घरमा रातको समयमा जबर्जस्त पसेर खानतलासी, कुटपिट गर्ने र आतंक मच्चाउने गरिएको उनले जनाएका छन् । आजको बन्दका कारण दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पामा सवारी साधन चलेका छैनन् भने शिक्षण संस्था, उद्योग, कारखाना, बन्द छन् । यस क्षेत्रका बजार ठप्प छन् भने जनजीवन प्रभावित भएको छ ।

बन्दमा शान्दार रुपले स्थानीय तथा व्यवसायीहरुले समर्थन जनाएको ने.क.पा. राप्ती ब्यूरो जनाएको छ । सल्यानको सल्लेखोलामा आज बिहान मात्र एउटा ट्रक र नीजि जीपमा आगजनी भएको समाचार छ ।
प्रहरीले दाङको तुल्सीपुर बजारबाट शहीद सम्मान कार्यक्रम चलिरहेको बेला दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, घाइते ईश्वरी पाण्डे र जिल्ला सदस्य एवं तुलसीपुर नगर सेक्रेटरी रुद्र वलीलाई यही फागुन २१ गते दिउँसो गिरफ्तार गरेको थियो ।

यसैगरी रोल्पबाट ने.क.पा. जिल्ला सदस्य एवं दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, जिल्ला सदस्यद्वय लालबहादुर सुनार र नृतेन्द्र सेनलाई बिनाकारण पक्राउ गरी चरम यातना दिएको जनाएको छ । गिरफ्तार नेता कार्यकर्तालाई सम्मान तत्काल रिहा गर्न ईन्चार्ज सुवासले जोडदार माग गरेका छन् ।

मागको सुनुवाई नभए कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको पूर्ण जिम्मेवार सरकार हुने चेतावनी समेत उनले दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ