केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पशुपतिनगर, २१ फागुन ।
लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरूले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।

साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग्रने क्रम बढेपछि उपभोक्ता मारमा परेका छन् । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नभएपछि उपभोक्ताको पहलमा लघु जलविद्युत अयोजना सञ्चालनमा आएका थिए । ती आयोजनाका उपकरण पटक–पटक बिग्रने तथा बनाउन उपभोक्तालाई आर्थिक भार हुने गरेको फाकफोकथुमका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताउनुभयो ।

फाकफोकथुमको थावाखोला लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या भएपछि उपभोक्ताले दुई हप्तासम्म अँध्यारोमा बस्नुपरेको थियो । टेलिभिजन र मोबाइल चार्जरमा क्षति पुगेको स्थानीयवासी भेषराज पराजुलीले बताउनुभयो । घरमा बिजुली बाल्न रु सात हजारदेखि रु ६० हजारसम्म खर्च गरेका उपभोक्ता प्राविधिक समस्याका कारण सास्ती खेप्दै आएका छन् । उपभोक्तालाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । फाकफोकथुम र माङ्सेबुङमा लघुजलविद्युत् आयोजनाबाट एक हजारभन्दा बढी परिवारले विद्युत् उपभोग गर्दै आएका छन् । आयोजना मर्मत गर्न कोष नहुँदा मर्मत गर्न समस्या भएको हो । उपभोक्ताले मर्मतसम्भार गर्न नसक्ने भएकाले केन्द्रीय प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ